Logo मंसिर ११, २०७७ बिहीबार


भोजपुरमा ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

कविता खड्का
भोजपुर । भोजपुरमा ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् ।

भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरु गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको सहायक
प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए ।

बुधबार उनिहरुसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्कीएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…