Logo असार ४, २०७८ शुक्रबार


तपाईँको मास्क खोई ?

राजन पौडेल
पर्वत । जिल्लामा तपाईँको मास्क खोई भन्ने अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सचेतना जगाउने उद्देश्यका साथ तपाईँको मास्क खोई ? अभियान सञ्चालन गरिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा तपाईको मास्क खोई अभियान शुरु भएको हो । कोरोना संक्रमण फैलिँन नदिन अभियान स्वरुप पर्वत कुश्माको टोलटोलमा होर्डिङ बोर्ड राख्न थालिएको छ । चोकचोकमा सचेतनामुलक बोर्ड राख्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

घरबाहिर निस्किँदा मास्क लगाउन, नियमित सावुनपानीले हात धुन, भौतिक दुरी कायम गर्न अनुरोध गर्दै आएको नगरपालिकाले सर्वसाधारणलाई सचेत गराउन ठूला व्यानर टाँसेर सचेत बनाउन शुरु गरेको हो । पर्वतको कुश्मामा समुदायमा कोरोना अहिलेसम्म फैलिएको छैन ।
तपाईँको मास्क खोई अभियानले मानिसहरुलाई नैतिक दबाब दिन खोजिएको छ । अरु जिल्लामा दिनहुँ कोरोना संक्रमितको दर बढ्नुको मूल कारण मास्क लगाउनु पर्छ भन्ने थाहा हुँदाहुँदै अटेरिका साथ मास्क नलगाई हिड्डुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु नै मूख्य कारण हुन् । पर्वतमा सबै सचेत भएमा कोरोना नभित्रिने आफूहरुको ठहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

प्रहरीले भनिरहनुभन्दा सर्वसाधारण आफैले जानेबुझेर स्वास्थ्य सुरक्षा अपनाउनुपर्नेमा अधिकारीले जोड दिनुभयो । उहाँका अनुसार पहिलाभन्दा नागरिकमा केही परिवर्तन भने देखिएको जानाकारी दिनुभयो । प्रहरीले मास्क नलगाई हिड्नेलाई कारबाही स्वरुप प्रति व्यक्ति एक सय रुपैयाँ जरिवानी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…