Logo कार्तिक १२, २०७७ बुधबार


आइसोलेसन कक्षमा तोडफोड र चाेरी

काठमाडाैं । संखुवासभाको हिमालयकिरण क्याम्पसमा निर्माणाधिन आइसोलेसन कक्षमा तोडफोड र चाेरी भएको छ । जिल्लाको खाँदावारीस्थित हिमालयकिरण क्याम्पसमा रहेको आइसोलेसन कक्षबाट ७० पिस पीपीइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन डिभाइडर लगायतको सामग्री चोरी भएको हो ।

आइसोलेसन कक्ष तोडफेड भएपछि जिल्ला अस्पताल संखुवासभाका मेडिकल सुपरिटेण्डेन डा. सुन्दरश्याम झाले प्रेस विज्ञप्ती निकाली स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउने, धम्की दिने र स्वास्थ्य सामाग्री चोरी र तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

जिल्ला अस्पतालले कोरना उपचारमा संलग्न चिकित्सक र एम्बुलेन्स चालकलाई फोनमार्फत डर धम्की दिएको समेत डाक्टर झाले बताउनुभएको छ । सामाग्री चोरी र तोडफोड गर्ने संलग्नहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

आइसोलेसन तोडफोडपछि अहिले पिलुवाखोला क्वारेनटाइनबाट ल्याइएको ३ कोरना सक्रमितहरुलाई नयाँ स्वास्थ्य सामाग्री लगेर उपचार भइरहेको समेत डा. झाले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।