Logo फाल्गुन १८, २०७७ मंगलबार


निषेधाज्ञाको ५ औं दिन : उपत्यकाको मुख्य शहर सुनसान

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन जारी गरिएको निषेधाज्ञाको ५ औं दिन सोमबार पनि काठमाडौं उपत्यकाका मुख्य शहर र सडक सुनसान भएको छ ।

प्राय सधैं भीडभाड हुने ललितपुरका मुख्य बजार पाटन, लगनखेल, मगंलबजार, कुमारीपाटी, जावलाखेल, पुल्चोक, यूएन पार्क, सातदोबाटो, ग्वार्को, एकान्तकुना र सानेपा लगायत स्थान सुनसान रह्यो । त्यस्तै उपत्यकाका अन्य स्थान पनि सुनसान देखिएका छन् । मुख्य स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सडकमा फाट्टफुट चलेका सवारी साधनलाई सुरक्षाकर्मिल चेकजाँच गरिरहेका छन ।

औषधि पसल, खाद्यान्नसहित अति अत्यावश्य बाहेक अन्य पसलं बन्द छन् । निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले अनावश्यक रुपमा हिंडडुल नगर्न सर्वसाधारणलाई सचेत समेत गराएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले निषेधाज्ञा जारी हो । उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।