Logo कार्तिक १४, २०७७ शुक्रबार


काेराेना संक्रमणपछि प्रहरी क्वारेन्टाइनमा, सुरक्षा व्यवस्था प्रभावित

काठमाडाैं । सुरक्षाका लागि सडकमा खटिएका प्रहरीहरूमा पनि कोरोना संक्रमण देखिएपछि सुनसरीमा सुरक्षा व्यवस्था थप प्रभावित बनेकाे छ । सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी कार्यान्यवनका लागि सडकमा खटिएका प्रहरीहरूमा कोरोना संक्रमण देखिएपछि सुरक्षा व्यवस्था प्रभावित बनेकाे हाे ।

संक्रमण देखिएकाे प्रहरीहरू क्वारेन्टिनमा बसेका छन् । प्रहरीहरू नै क्वारेन्टिनमा बसेपछि सुरक्षा व्यवस्थापन नियिमत गर्न समस्या देखिएकाे छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा मात्र १० जनामा कोरोना संक्रमित देखिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले अहिलेसम्म १० जनामा कोरोना संक्रमण भेटिएको र १ जना निको भएको बताउनुभयाे । लकडाउनमा खटिने प्रहरीहरूमा कोरोना देखिएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा हेर्दा इटहरीमा थुनुवाबाट कोरोना सरेको प्रहरीको शंका छ ।

इटहरीमा ९ जना आइसोलेसनमा १६ जना क्वारेन्टिनमा बसेका छन् । २५ जना प्रहरी क्वारेन्टिनमा बस्दा काममा समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । कोरोनाको समयमा पनि जोखिमपूर्ण रूपमा काम गर्न बाध्य इलाका प्रहरी कार्यालय इटहरीमा अहिले २५ जना प्रहरीको संख्या घटेको छ । त्यसबाट दैनिक कामकाजमा समस्या भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी भण्डारीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।