Logo मंसिर ९, २०७७ मंगलबार


नागरिककाे उद्वारमा कन्जुस्याई, सरकारी कार्यकाे आलोचना

काठमाडौं । आफ्नै नागरिकलाई विदेशबाट उद्वार गर्दा राज्य कोषको रकमले धान्न नसक्ने डरले वैदेशिक रोजगारमा गएका कामदारलाई ल्याउन सरकारले ढिलाई गरेको आरोप लागेको छ । महामारीका बेला आफ्ना नागरिकको उद्वार गर्न कन्जुस्याई गर्न नहुने भन्दै सरोकारवालाले सरकारी कार्यको आलोचना गरेका हुन् ।

सरकारी पैसामा उद्वार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्वार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाले आरोप लगाएका छन् । वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानु अगावै श्रम स्वीकृति लिनुभन्दा पहिला १ हजार ५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याई गरेको आरोप लगाउनुभयो ।

सरकारी पैसामा उद्वार गर्न थालियो भने कम्पनीले टिकट काटेर पठाउने र आफैं टिकट किन्न सक्नेहरु पनि सरकारी पैसामा आउन खोज्ने र राज्यको कोषले धान्न सक्दैन भन्ने डर सरकारसँग रहेको सरोकारवालाहरु बताउँछन् । श्रम तथा वैदेशिक रोजगार विज्ञ डाक्टर गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई उद्वार गर्न ढिलो भइसकेको बताउनुभयो । कोरोना भाइरस महामारी शुरु भएपछि पनि निकै ढिलो गरी नीति बनाएको र सोही नीति अनुसारसमेत उद्वार गर्न नसकेको उहाँले बताउनुभयो । श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्नका लागि सरकारले कन्जुस्याई गर्न नहुने उहाँको भनाइ छ ।

सरोकारवालाहरुले वैदेशिक रोजगारबाट वार्षिक रुपमा कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा बढी योगदान गर्नेहरुलाई विपदको बेलामा उद्वारमा कन्जुस्याई गर्न नहुने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।