Logo मंसिर ९, २०७७ मंगलबार


ठेगाना नमिलेपछि तीन वर्षदेखि खातामै थन्कियो पदमकाे ४५ लाख

भगीरथ भण्डारी
इलाम । जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलामका पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनको लागि ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासँग मिल्ने कुनै ठाउँ नै छैन । तीन वर्ष अघि आएको रकम सरकारी खातामा थन्किएको छ । ठेगाना एकिन नभएपछि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालय ठेगाना एकिन गर्नका लागि पत्राचार गरेको छ । परराष्ट्रको जवाफ नआएपछि तीन वर्षसम्म रकम पाउनेको एकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखा शाखा प्रमुख महेन्द्र चौहानले जानकारी दिनुभयो । रकमको दाबी गर्नपनि कार्यालयमा कोही पनि आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका अपाङ्गता भएका, कम्पनी विच्छेदका कारण काम विहीन भएका १५ जनाको बीमा, तलव र क्षतिपुर्ति सहितको रकम भुक्तानी गर्ने अख्तियारी सहितको पत्र आएको छ । ति मध्ये केही कार्यालयको सम्पर्कमा छन् र आएको रकम भुक्तानी लिने प्रक्रियामा छन् । कार्यालयमा रकम आएका कतिपयको भने पहिचान नै हुन सकेको छैन ।

व्यक्तिको पहिचान नुहँदा र ठेगानासमेत फरक परेका कारणले वैदेशिक रोजगारीमा गएकाहरुका लागि कार्यालयमा प्राप्त भएको रकम भुक्तानी गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । ‘अनेक उपायबाट थाहा लागेका व्यक्तिको रकम भुक्तानी दिएका छौ’, उनी भन्छन्, ‘कतिको उल्लेख भएको ठेगानाको विवरण नै मिल्दैन, ठाउँ थर नै नमिलेपछि भुक्तानी हुँन सकेको छैन ।’

रकम लिनका लागि आवश्यक कागजात पूरा गरेर आएकाहरुले भुक्तानी लिने गरेका छन् । जिल्लामा सञ्चालिन सुरक्षित आप्रवासन परियोजनाले कार्यालयमा रकम आएकाहरुको पहिचान गर्न सघाउने गरेका छन् । परियोजनाको सहयोगले त्यस्तो रकम लिनेहरुको संख्या बढ्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएका समयमा मृत्यु भएकाहरुको बीमा र उसले पाउने रकम प्रशासन कार्यालयमा आएको हुन्छ । कतिले सम्झौता अनुसार तलब नदिएका कम्पनीका विरुद्ध मुद्धा गरेर भएपनि रकम पाउँछन् । सम्झौता अनुसार भुक्तानी नभएको छुट रकम प्रशासन कार्यालयमा भुक्तानीका लागि अख्तियारी आउने गरेको भएपछि धेरैले यस्तो रकमबारे जानकारी समेत नपाउँदा सुविधाबाट बञ्चित हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा अहिले ८७ लाख ५० हजार रुपैयाँ भुक्तानीका लागि प्राप्त भएको छ । त्यो मध्ये केही मात्रै रकम भुक्तानी लिने प्रक्रियामा छन् । रकम पाउने व्यक्ति स्वयं भए पासपोर्ट र नागरिकता र वडाको सिफारिससहितको निवेदन दिनुपर्छ । हकदार भए हक कायम गर्ने नाता प्रमाणपत्र, वैदेशिक रोजगारीको गएका व्यक्तिको मृत्युको दर्ता प्रमाण पत्र लिएर दिवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।