काठमाडौं । नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८ सय ८४ जना संक्रमित थपिएका हुन् ।प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थपिएको संक्रमितमध्ये ६ सय ५२ पुरुष र २ सय ४२ महिला छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।शनिबार काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र चितवनका ५७ जनाका कोरोना भाइरस पुष्टि भएको छ।यस्तै दोलखाका १, धादिङका ९, भक्तपुरका १२, मकवानपुरका ९, ललितपुरका १९, सिन्धुपाल्चोकका १, कास्कीका ३, नवलपरासी पूर्वका २३, लमजुङका २९, कपिलवस्तुका २, नवलपरासी पश्चिमका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७ २२:२०