Logo कार्तिक १०, २०७७ सोमबार


‘सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै वडाध्यक्षमाथि हातपात

सिमकोट । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रंग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताद्वारा हातपात भएको हो ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहनुभएका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले बताउनुभयो । ‘पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ’, वडाध्यक्ष थापाले भन्नुभयो, ‘सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काइयो।’

पार्टीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गर्दै थापाले जनकल्याण आधारभूत विद्यालयजस्तो सार्वजनिकस्थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताउनुभयो । वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।