Logo माघ १२, २०७७ सोमबार


पहिरोले घर बगाउँँदा एकै परिवारका ७ विस्थापित

भगीरथ भण्डारी
इलाम । मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले यहाँको रोङ गाउँपालिका ६ का बलबहादुर राईको घर बगाएको छ । वर्षासँगै आएको पहिरोले टिनको छाना र काठबाट बनेको घर र भन्साघर बगाएको हो । घर बगाृनुको साथै पहिरोले भान्सा घर, लत्ता कपडा तथा अन्नपात पुरेपछि बलबहादुरको परिवार विस्थापित बनेको छ ।

रातिको समय पहिरो आएकोले ज्यान बचाउन घरका मानिस सुरक्षित स्थानमा गएपनि घरमा भएको सबै सामान पहिरोमा परेको छ । पहिरोले ८ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । रातिको समयमा पहिरो गएपनि मानवीय क्षति भने नभएको प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार पहिरोले बगाएर बलबहादुरको घर २० मिटर तल पुगेको र घरमा भएको अन्नपात तथा लत्ता कपडा सबै पुरिएका छन् । पहिरोले घर बगाएपछि विस्थापित बनेका परिवारलाई गाउँपालिका र स्थानीयको सहयोगमा बस्ने ठाउँ व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । बलबहादुरको परिवारमा ५ पुरुष र २ महिला गरी ७ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…