Logo फाल्गुन २१, २०७७ शुक्रबार


‘निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्र चलायमान बनाऔं’

काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड १९ संक्रमण रोकथामका लागि व्यवस्था’पन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरुको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड–१५ रोकथामका लागि निषेधाज्ञा गरिए पनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताउनुभयो । अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकार योग्य नहुने भएपनि मानिसको जीवन रक्षाका लागि मात्रै निषेधाज्ञा स्वीकार गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भएपनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्ने बताउनुभयो । उहाँले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी देशको सीमा नाकामा कडाई गर्नुपर्ने, अन्तर जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प नरहेको पनि अग्रवालले बताउनुभयो । उहाँले संक्रमणको अवस्थालाई नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सूचारु गर्ने विषयमा समानान्तर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरु मारमा परेको बताउनुभयो । सरकारले लकडाउन गर्दै गर्दा अल्पकालिन वा दीर्घकालिन विकल्प प्रस्तुत गर्न नसकेको समेत उहाँले बताउनुभयो । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिकहरु त्रसित बनेकाले लामो समय यस्तै अवस्था रहे जीवन रक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । लकडाउनका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालिन र दीर्घकालिन विकल्प दिनुपर्ने उहाँले बताउनुभयो । सरकारले निषेधाज्ञालाई खुकुलो बनाए सबै व्यवसायीहरु सचेत बनेर व्यवसाय सञ्चालन गर्ने पनि कटुवालले बताउनुभयो ।

नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताउनुभयो । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायीहरु विस्थापित हुने भएकाले दुवै पक्षलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुनै सबैभन्दा उत्तम विकल्प हुने बज्राचार्यले बताउनुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अथवा निषेधाज्ञाको स्थिति लामो समय रहे देशको कूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिन्छ । पछिल्लो समय लामोसमय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कूल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ । त्यस्तै अन्य मुलुकको आर्थिक वृद्धिदर पनि नकारात्मक असर परेको देखिन्छ । कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चीनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि देखिएको छ । भारतको कूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ ।

त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।