Logo फाल्गुन १८, २०७७ मंगलबार


अष्ट्रेलियाको अर्थतन्त्रमा गम्भीर मन्दी

काठमाडाैं । अष्ट्रेलियाको अर्थतन्त्रमा तीन दशक यताकै पहिलो पटक गम्भीर मन्दी आएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा असर पर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् अप्रिल जुनमा अष्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो । लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक रहेमा अर्थतन्त्रमा मन्दी आएको मानिन्छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा समस्याबाट मुक्त रहेको एक मात्र अष्ट्रेलियाली अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको प्रभाव अति नराम्रोसँग परेको देखिएको छ । अष्ट्रेलियामा सन् १९५९ यता आर्थिक वृद्धिको तथ्यांक राख्न थालिए यता सबैभन्दा ठूलो गिरावट आएको हो ।

अष्ट्रेलियाले यसअघि सन् १९९० को मध्यमा आर्थिक मन्दीको सामना गरेको थियो । त्यसबेला आर्थिक मन्दी सन् १९९१ सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।