Logo मंसिर ११, २०७७ बिहीबार


बैंकले न्यून ब्याज दिएपछि सहकारीमै थुप्रियाे रकम

काठमाडौं । पछिल्लो समय सहकारीहरुमा रकम जम्मा हुने क्रम बढेको छ । बैकहरुले बचतमा ज्यादै न्यून ब्याजदर दिन थालेपछि सहकारीमा निक्षेप बढ्न थालेको हो ।

राष्ट्रिय सहकारी बैकमा साउनयता निक्षेप संकलनमा वृद्धि भएको छ । साउन र भदौमा ७ अर्बभन्दा बढी निक्षेप सहकारी बैकमा जम्मा भएको छ । यता नेपाल बचत तथा ऋण केन्द्रीय सघ (नेफ्स्कुन) मा भदौ यता तीन अर्ब रुपैयाँ झिकिएको छ भने २ अर्ब ७५ करोड रुपैयाँ बचत आएको नेफ्स्कुनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेले बताउनुभयो ।

भदौ १० गते मात्र सहकारी बैकले नयँ ब्याजदर सार्वजनिक गरेको छ । बैकले बचतमा २ दशमलव २५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र कर्जाको ब्याजदरमा साढे ६ देखि साढे १० प्रतिशतसम्म लिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

मुलुकभर सञ्चालित साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ५ सय ७८ वटा बचत तथा ऋण सहकारी संस्था छन् । यो कूल सहकारी संस्थाको ३९ दशमलव ३४ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।