मेष- घरायसी धनको विवाद बढ्नेछ । स्त्री जातिसँग मनमुटाव बढ्नेछ । चिसोको असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । कला संगीतमा रुचि एवं प्रशंसा बढ्नेछ । व्यवसायमा फाईदा एवम विरोधीहरुबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवम खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ । स्वास्थ्यमा धन खर्च हुनेछ । सुखसयल र सवारीको लागि धन बढी जानेछ ।
वृष- नयाँ व्यवसाय एवं लगानीको लागि योजना बन्नेछ । कार्यभार र नया जिम्मेवारी आउनेछ । पुरानो कारोवारको लागिछोटो यात्रा हुनेछ । दाजुभाईबाट सहयोग र आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवम मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवम घरायसी झमेला आईपर्नेछ । अनावस्यक काममा समय व्यतित हुनेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, व्यापारमा फाईदा एवम सन्तति सुख मिल्नेछ । बौद्धिक कार्यमा प्रशंसा मिल्नेछ ।
मिथुन– इष्टमित्र र साथिभाइको सहयोगले पुरानो व्यवहार मिल्नेछ । भोजनर मनोरन्जनमा सुख मिलेतापनि साथिभाइको लागि धनखर्च बढी हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । कृषि पशुचौपाया र खाद्यान्नको कारोवारबाट धनबढ्नेछ । सानो यात्रा एवम बन्धुबाट सहयोग पाईनेछ । विदेशबाट फाईदा एवम मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भनेपारिबारिक अनमेलताले काममा आलस्यता हुनेछ । शारीरिक अस्वस्थता र काममा ढिलासुस्ति हुनेछ । विश्वासघात हुन सक्ने हुनाले धनको कारोवारमा सजकता अपनाउनु पर्नेछ ।
कर्कट– जिम्मेवारीमा नया काम थपिनेछ । काम पुरा गर्न हम्मे हम्मे हुनेछ । जोस र जगारले गर्दा अन्तिममा काम पुरा हुनेछ । छोटो यात्राको संयोग आउनेछ । दाजुभाइमा सम्बन्ध एवं सहयोग वृद्धि हुनेछ । जिम्मेवारी थपिनेछ । कुटुम्ब भेटघाट रहनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । पारिवारिक एवं पैतृक सम्पति वृद्धि एवम भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारीमा फाईदा एवम दिदी बहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।
सिंह– महत्वपूर्ण सरसामान हराउन सक्नेछ । काममा फाइदा कम हुने हुनाले बढी चनाखो हुनु पर्नेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाईदा एवम् कामबाट लाभ मिल्नेछ । सवारी सुख बढ्ने एवं भोग विलासितामा समय जानेछ । महत्वपूर्ण काम ओझेलमा पर्नेछ । साताको अन्त्यमा राजनीतिक फाईदा एवम् पदप्रतिष्ठाको योग रहेको छ । काममा प्रशंसा मिल्नाले जागिर र रोजगारीमा फाइदा मिल्नेछ ।
कन्या– साझेदारी काममा लाभ मिल्नेछ । व्यवसायमा फाईदा एवम धार्मिक रुचि बढ्नेछ । स्त्री जातिबाट सहयोग एवम कृषि र जलको कारोबारमा फाईदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, अनावस्यक स्वास्थ्य खर्चमा भने वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ । अरुको बढी विश्वासले आर्थिक मामलामा धोका हुनेछ । रोजगारीमा भने आफु अनुकुलको कामको लाभ मिल्ने एवम ठुलाबडाबाट स्याबासी पाईनेछ । आफ्नो कामको आथिैक प्रतिफल मिल्नेछ ।
तुला– नयाँ रोजगारीको अवसर मिल्नेछ । सरकारीकाममा भने ढिला सुस्ती हुुनेछ । सामाजिक सहयोगले कामको प्रशंसा पाईनेछ । राजनीतिक क्षेत्रबाट फाईदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । नया सम्बन्धबाट आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ । यात्रामा समस्या एवं सवारी साधनले धोका दिन सक्नेछ । लगानीमा फाइदा अरुलाइ जानेछ । यात्रामा झमेला हुनेछ ।
वृश्चिक– स्थान परिवर्तन हुनेछ । कार्यभार बढ्नाले यात्रा बढी गर्नु पर्नेछ । सानो साथि भाइसंगको यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाईदा पाईनेछ । ठुला बडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमिनबाट फाईदा एवम सञ्चित धन बढ्नेछ । कृषि एवं खाद्यान्नको काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाईनेछ । साताको अन्त्यमा आम्दानी सहित कार्य सफल हुनेछ । मित्रजन , माइती मावली एवं महिलावर्गको राम्रो साथ सहयोग मिल्नेछ ।
धनु– भइरहेको काममा ढिलासुस्ती हुनेछ । नया काम एवं व्यवसाय विचैमा रोकिनेछ । स्वास्थ्यमा समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । झुटो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । वैदेशिक रोजगारको फाईदा मिल्नेछ ।धार्मिक , परोपकार काममा संलग्नता हुनेछ । सामाजिक कार्यको जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने राजनीतिक व्यक्तिहरुको साथ सहयोगले अड्केको काम सुचारु हुनेछ । नया जिम्मेवारीमा प्रशंसा र पदवृद्धिको चर्चा हुनेछ । एवम मित्रहरुबाट राम्रो सहयोग पाईनेछ ।
मकर– माया प्रेम एवं दाम्पत्य प्रेममा आपसी मित्रता बढ्नेछ । पारिवारिक जमघट बढ्नेछ । वैवाहिक प्रसंगले स्थान पाउनेछ । पुरानो काममा भने बढी काम आउदा व्यस्त भईनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबडी, खानपिनमा समस्या एवम झुटो लाञ्छना आउनेछ । मित्रतामा समस्या आउने र नजीकका संग दुष्मनी बढ्नेछ । साताको अन्त्यमा भने अधुरा काममा प्रगति हुनेछ ।सानो यात्राको योग बन्ने एवम ठुलाबडाबाट व्यक्तिगत सहयोग पाईनेछ ।
कुम्भ- सानो तिनो मुद्दा मामिलामा परिनेछ । अरुको कुरामा चासो राख्दा वादविवादमा परिनेछ । विरोधीहरु अघि सर्नेछन् । स्वास्थ्यमा भने सुधार हुनेछ । व्यावसायिक यात्राको योग बन्नेछ । प्रेमी प्रेमीका बीच सम्बन्ध सुध्रिनेछ । ससुराल पक्षबाट सहयोग एवम साझेदारी लगानीमा फाईदा पाईनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, काममा ढिलासुस्ती एवम गुप्त बाधा आईपर्नेछ । मान सम्मानमा आँच आउने एवं गुप्त शत्रुले काममा भाँजो हाल्नेछन् ।
मीन- नयाँ व्यवसायमा लगानीको वातावरण सुरु हुनेछ शैक्षिक गतिविधिमा प्रगति आउनेछ । अध्ययनमा रुचि जाग्नेछ । आकस्मिक धनको प्राप्ति हुने एवं सोचेको कुरा पुरा हुनेछ ।सन्तानबाट भरपुर सहयोग पाईनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवम पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाईनेछ । प्रेममा मित्रता गाढा हुने नजीकको साथिको सहयोगले तात्कालिक आर्थिक समस्या समाधान हुनेछ । आफ्नो प्रेमीबाट राम्रो साथ मिल्नेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटासम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी