Logo कार्तिक १४, २०७७ शुक्रबार


ड्युटीमा ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु

फाइल : तस्विर

कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । गएराति बेहोस भएर ढलेका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको हो ।

ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको र उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । उनी दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।