Logo कार्तिक १४, २०७७ शुक्रबार


दुई हजार प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा हालसम्म दुई हजारभन्दा बढी प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म दुई हजार एक सय ६१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये नौ सय ५० जना भने निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६ सय २४ सङ्क्रमित भएका छन् । त्यसमध्ये पाँच सय ५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै तीन सय ८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये तीन सय १८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा तीन सय ४०, प्रदेश २ मा दुई सय ५७, बागमती प्रदेशमा एक सय, गण्डकीमा एक सय ४३, प्रदेश ५ मा एक सय ९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताउनुभयो । संक्रमित प्रहरीको अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरु उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।