फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा भूकम्प गएको छ । आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।