Logo कार्तिक १४, २०७७ शुक्रबार


सप्तरीमा काेराेना संक्रमितकाे संख्या ९१६ पुग्याे

सप्तरी । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे अपडेट अनुसार थप १८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ सय १६ पुगेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार थपिएकामध्ये सप्तरी जिल्ला अदालतका एक जना न्यायाधिस, दुई जना कर्मचारी र एक जना सुरक्षागार्ड छन् । यसैगरी, विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका तीन जना कर्मचारी, एक प्रहरी र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पाँच पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

अदालत र विद्युत प्राधिकरणका संक्रमित सबै पुरुष हुन् । यसैगरी, राजविराजकी २ महिला र तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिला संक्रमित थपिएको स्वास्थ्य निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।