Logo मंसिर १०, २०७७ बुधबार


एनओसीका महासचिव श्रेष्ठ कोरोनामुक्त

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ कोरोनामुक्त भएका छन् । भदौको पहिलो साता गरिएको कोरोना परीक्षणमा श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । उनले भदौ १० गते मात्र आफू कोरोनाबाट संक्रमित भएको जानकारी पाएका थिए ।

१२ दिन एकान्तवासमा बसेका श्रेष्ठको पुनः कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो । कोरोनाबाट सजक हुनुपर्ने बताउँदै श्रेष्ठले संक्रमित हुँदैमा आत्तिन नहुने बताएका छन् । साउन मसान्तमा ओलम्पिक कमिटीका दुई कर्मचारीमा संक्रमण देखिएपछि सम्पूर्ण पदाधिकारीले भदौको पहिलो साता कोरोना परीक्षण गराएका थिए ।

राखेपले साउनको अन्तिम साता परिषद्सहित विभिन्न खेलाडी तथा एनओसीका कर्मचारीको कोरोना परीक्षणको ब्यवस्था मिलाएको थियो । त्यसै क्रममा एनओसीका दुई कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । केही समयपछि थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

महासचिव श्रेष्ठसहित सम्पूर्ण कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको एनओसीले जनाएको छ । कोरोनाबाट कर्मचारी र पदाधिकारी नै प्रभावित बनेपछि एनओसीले ओलम्पिक खेलेका सम्पूर्ण खेलाडीको कोरोना बीमा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।