Logo माघ ६, २०७७ मंगलबार


पहिरोको चपेटामा रोङको प्यूरे

भगीरथ भण्डारी
इलाम । रोङ गाउँपालिका–४ प्युरेमा गएको पहिरोको कारण सिङ्गो गाउँनै जोखिममा छ । पहिरोले कतिबेला घर बगाउने भन्ने चिन्ताले वर्षौँ बितिसकेको छ । करिव एक सय घरधुरी रहेको प्यूरे गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ । जसमा २५ घर रहेकामा पहिरोले १३ घरपरिवार विस्थापित बनाईसकेको छ ।

पहिरोका कारण सन्तबहादुर लाप्चा, भक्तबहादुर लाप्चा, भीमबहादुर मगर, बलबहादुर मगर, धनराज मगर, टंक बस्नेत, नरबहादुर बस्नेत, भूवन बस्नेत, गणेश बस्नेत, खड्गबहादुर राई, टेकबहादुर मगर, इन्द्रबहादुर मगर र दिलबहादुर राईको घरमा पूर्ण रुपमा क्षति पुगि उनीहरुको परिवार विस्थापित भएका हुन् ।

२०६६ सालदेखि पहिरो जान शुरु गरेको थियो । पहिले बगुवा (पानी र माटोसँगै बगिरहने) बाट गएको पहिरो अहिले नियन्त्रण हुन नसक्ने अवस्थामा रहेको रोङ गाउँपालिका ४ का वडाध्यक्ष सूर्य बहादुर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यस वर्ष मात्रै चार घर पहिरोमा परे । अघिल्लो वर्ष सम्ममा ९ घर बगाएको जमिननै एक फुट भन्दा धेरै भासिएको छ ।’ यस वर्ष पहिरोको जोखिममा परेका चार घरपरिवार वडामा रहेको चन्द्रकला आधारभूत विद्यालयमा बसिरहेका छन् ।

घर पहिरोमा परेपछि विद्यालयमा गएर बसे पनि पहिरोको जोखिम विद्यालयम पनि रहेको स्थानीयको भनाइ छ । गाउँपालिकाको बसोबास व्यवस्थापन समितिले गाउँपालिकामा प्रतिवेदन पनि बुझाइसकेको छ । पहिरोको जाखिम क्षेत्रमा रहेका मानिस पालिकाले जग्गा व्यवस्थापन गर्दा आफ्नो गाउँ नजिकै गर्नुपर्ने स्थानीयको माग भएका कारण पनि समस्या भइरहेका गाउँपालिकाका अध्यक्ष समशेर राईको भनाइ छ । नजिकै गाउँपालिकाले जग्गा व्यवस्थापन गर्न खरिद प्रक्रिया झन्झटिलो हुन्छ । जग्गा खरिदका लागि संघिय मन्त्री परिसदले निर्णय गर्नुपर्ने हुन्छ ।

गाउँपालिकाले चाहेर पनि खरिद प्रक्रिया समस्यामा रहेको राईको भनाइ छ । अहिले पहिरोमा परेका कति परिवार आफन्तकोमा छन् त कति छिमेकमा टहरो बनाएर बसेको वडा अध्यक्ष बताउनुहुन्छ । हरेक वर्ष चुरे क्षेत्रका बासिन्दा पहिरोको चपेटामा पर्ने गर्छन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पनि चुरे क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन ।

गाउँपालिका तल्लो भाग प्यूरेमा गएको पहिरो वर्षेनि बढिरहेका कारण अहिले सिङ्गो बस्ती नै जोखिममा छ । २०६६ सालदेखि पहिरो खस्न शुरु गरेपनि ०७३ सालबाट पहिरोको क्षेत्र फराकिलो बन्दै गयो । पहिरो जाने क्रम अहिले पनि नरोकिएका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले…