कांग्रेस उपसभापति गिरीको मृत्युबारे छानविनको माग गर्दै धर्ना

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीका नेपाली कांग्रेस उपसभापति शुभाष चन्द्र गिरीको मृत्युबारे छानविनको माग गर्दै जिल्लाका राजनैतिक दलहरुले सामूहिक रुपमा जिल्ला प्रशासन अगाडि धर्ना बसेका छन् । कोरोनाका कारण मृत्यु नभई अस्पतालकै लपरवाहीले उहाँको मृत्यु भएको भनेर एक घण्टा धर्नामा बसेका हुन् ।
गत साउन २३ गते उपसभापति गिरीले युनिर्भसल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गराएका गराउनुभएको थियो । अप्रेसन भएपछि उनको स्वास्थ्य तथा स्वासप्रश्वासमा समास्या देखिएको थियो । गिरीको परीवारले साउन २७ गते उहाँलाई पुनः स्वास्थ्य चेकजाँजका लागि अस्पताल लिएर गएपछि उहाँमा कोरोना देखिएको कुरा बाहिर आएको थियो ।
उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको भदौं १ मृत्यु भएको थियो । तर यता उहाँको परिवारजन लगायत राजनैतिक दलहरु र समाजिक संघसंस्थाले भने मेडिकल कलेजकै लपरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । अप्रेसन अगाडि पिसिआर परीक्षण नगर्नु, पुनः अस्पताल लाने क्रममा भर्ना लिन आलटाल गर्नुको अर्थ अस्पतालकै लापरवाहीका कारण गिरीको मृत्यु भएको गिरीको परीवार र राजनैतिक दलले जनाएका छन् ।