Logo आश्विन २, २०७७ शुक्रबार


एउटा पढ्नैपर्ने कथा,जसले एक महिना कोमामा बसेर कोरोनालाई जिते

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणको एउटा अनौठो घटना भएको छ । ५७ वर्षीय एक पुरुष कोरोना संक्रमणका कारण एक महिना कोमा र ८५ दिन भेन्टिलटरमा बसेपश्चात निको भएर घर फर्कन सफल भएका छन् । उनको नाम हो रोबर्ट लारा । यति लामो समयसम्म अस्पताल बसेका उनी अब विस्तारै निको हुँदै छन् ।

रोबर्ट अब हिड्डुल गर्नुका साथै आफैंले खाना खाने कोशिसमा छन् । उनको अमेरिकाको लुसियनामा अवस्थित वेस्ट जेफरसन मेडिकल सेन्टरमा उपचार भैरहेको छ । अस्पताल प्रशासनका अनुसार उनको स्वास्थ्यमा तीव्र सुधार भैरहेको छ । यही गतिमा सुधार हुँदै गए उनलाई छिट्टै डिस्चार्ज गरिनेछ ।

हरेक दिन आफैं लड्थे रोबर्ड

अमेरिकाको लुसियाना निवासी रोबर्टलाई ४ महिना अघि ज्वरो आएपछि अस्पतालमा जँचाउन गएका थिए । रोबर्टकी पत्नी बर्डी लारा स्वयम् रेस्पिरेट्री थैरेपिस्ट हुन् । उनी भन्छिन्–रोबर्ट हरेक दिन कोरोना भाइरस र त्यसको असरसँग लडिरहेका छन् । उनको दायाँ फोक्सो नष्ट भैसकेको छ । यसको तुरुन्त प्रत्यारोपण गर्नुपर्छ ।
पत्नी बर्डीका अनुसार राृबर्ट संक्रमित हुनुभन्दा पहिले ब्लड प्रेशरलाई कन्ट्रोल कगर्न औषधि खान्थे । लामो समय भेन्टिलेटरमा बसेको कारण उनलाई निको हुन अहिले धेरै समय लागेको छ ।

रोबर्ट भन्छन्–म हार्ने व्यक्ति होइन

रोबर्टको भनाइ छ–कोरोनाको भाइरसले मेरो ज्यान लिन खोजेको थियो । तर म यति सजिलै हार स्वीकार्ने व्यक्ति होइन । तर कोरोना भाइरसलाई कसैले पनि हलुका रुपमा लिन नहुने उनको सुझाव छ । यो निकै खतरनाक भाइरस हो । यसले जोकोहीलाई ठूलो क्षति गरिदिन सक्छ । यो महामारीमा आफ्नो स्वाथ्यको विशेष ख्याल राख्नुहोला । नभए कतिखेर यसले तपाई हामीलाई खतम पारिदिन्छ,पत्तै पाइदैन ।

उनी थप्छन्– म निश्चित रुपमा डराएको छु, तर म आफ्ना बाँकी सपनाहरु पूरा गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।