Logo आश्विन १५, २०७७ बिहीबार


४ वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

पोखरा । ४ वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ परेका छन् । मंगलबार पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत लेखा अधिकृत ३७ वर्षीय वामदेव सुवेदी पक्राउ परेका हुन् । पोखरा ७, मासबार घर भएका सुवेदीलाई युवती बलात्कार अभियोगमा उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालमा कार्यरत २ महिलाले सुवदीले आफूहरुलाई जबरजस्ती बलात्कार गरेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।

अस्पतालमा कार्यरत ३१ र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप लगाएका छन् ।

उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि बलात्कार गर्दै आएको दाबी गरेकी छन् । अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ । प्रहरीका अनुसार निज विरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।