Logo मंसिर ११, २०७७ बिहीबार


सहकारीको साढे ५ करोड ठगी गर्ने खड्गी पक्राउ

काठमाडौं । न्यूरोडस्थित नौलो परिवेश वचत तथा ऋण सहकारी संस्था लिमिटेडको साढे पाँच करोडभन्दा बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । सहकारीको पाँच करोग ६७ लाख ठगी गरेको आरोपमा काठमाडौंका ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

खड्गीले सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिएर काम गरेका थिए । उनले सहकारीको कुनै पनि हिसाबको विवरण नदेखाई रकम ठगी गरेर फरार भएका थिए ।

फरार खड्गीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।