Logo आश्विन २, २०७७ शुक्रबार


बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय महानगरले भत्कायो

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालय भत्काइएको छ ।

मुम्बई महानगरले कंगनाको कार्यालय भवनमा डोजर चलाएर भत्काइदिएको हो । उक्त संरचना अवैध ढंगले निर्माण गरिएको महानगरको दाबी छ । महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो ।

त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर पुगेका बीएमसीका कर्मचारी र मजदुरले अफिस भत्काएका हुन्।

कंगना रनौतले ट्वीट गरेर घटनाप्रति विरोध जनाएकी छन्। उनले एकपटक फेरि मुम्बई प्रहरीको तुलना ‘पाकिस्तान अधिकृत कश्मीर’ सँग गरेकी छन्।

उनको पछिल्लो यो अभिव्यक्तिले हंगामा मच्चिएको थियो । कंगना बुधबार मात्रै हिमाचल प्रदेशबाट मुम्बई फर्किँदै छिन्।

उनले बाटोबाटै ट्वीटमा भनेकी छिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट गइरहेकी छु, महाराष्ट्र सरकार र उनका गुण्डाले मेरो प्रोपटीमा अवैध तरिकाले तोडफोड गरेका छन्।’

यसैबीच समाचार एजेन्सी एएनआईका अनुसार कंगनाका वकिलले मुम्बई हाई कोर्टमा बीएमसीको कारबाहीकाविरुद्ध उजुरी दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।