Logo आश्विन २, २०७७ शुक्रबार


यस्तो व्यक्तिले मास्क नलगाए हुन्छ !

एजेन्सी ।  कोरोना भाइरसको महाहमारीबाट बच्न मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र ह्याण्ड स्यानिटाइजरको नियमित प्रयोग गर्ने जस्ता सुझाव दिइएको छ ।

अन्य प्रदुषणबाट बच्न समेत नियमित रुपमा मास्क लगाउनु उपयुक्त हुन्छ । तर मास्क लगाउदा सही तरिकाले लगाउन जरुरी छ । किनभने गलत तरिकाबाट लगाइएको मास्कले भाइरसको संक्रमणलाई रोक्दैन । त्यसैले विश्व स्वास्थ्य संगठनले एक भिडियो सन्देश जारी गरेर कसरी सही तरिकाले मास्क लगाउने भन्नेबारे सल्लाह दिएको छ । निम्न गल्ती गर्ने व्यक्तिहरुले मास्क नलगाए पनि हुन्छ । किनभने उनीहरुले मास्क लगाउनुको कुनै अर्थ छैन ।

यी हुन् मास्क लगाउँदा हुने प्रमुख गल्तीहरु :

खुकुलो मास्क

मास्क लगाउने बेला ध्यान राख्नुपर्ने मूख्य कुरा हो कि मास्क अनुहारमा ठीकसँग टाँसिएको हुनुपर्छ । किनभने राम्रासँग टाँसिएको मास्कले मात्र तलमाथि,दायाँ बायाँ जुनसुकै दिशाबाट कोरोना प्रवेश हुनबाट रोक्न सक्छ । यो कुरालाई ख्याल नराखी कतिजनाले खुकुलो मास्क लगाएको देखिन्छ । त्यसरी मास्क लगाउनुको कुनै अर्थ छैन ।

नाकको मूनि मास्क लगाउने

मास्क लगाउदा व्यक्तिले गर्ने अर्को गल्ती हो–नाकको मूनिबाट मास्क लगाउनु । अर्थात नाकलाई खुल्लै छोडेर मुख मात्र छोपिने गरेर धेरैले मास्क लगाउने गर्दछन् । यो पनि गलत हो । किनभने भाइरसलाई छेक्न नाक र मुख दुवै छोपिन आवश्यक छ ।

कुरा गर्ने बेला मास्क खोल्ने

धैरैजनाले एक अर्कामा कुरा गर्दा मास्क खोल्ने गर्दछन् । यसो गर्दा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना रहन्छ । त्यसैले कुरा गर्दा मास्क लगाएरै गर्नुपर्छ ।

मास्कलाई पटक पटक छुने

यस्तो गल्ती मास्क लगाउने ९९ प्रतिशतले गर्ने गर्दछन् । अधिकांश व्यक्तिले मास्क लगाइसकेपछि पटक पटक खोल्ने लगाउने गर्ने गर्दछन् । यो गलत बानी हो । यसो गर्दा मास्क जुन उदेश्यका लागि लगाउनुपर्ने हो,त्यो पूरा हुँदैन ।

मास्कको साटफेर गर्ने

परिवारका सदस्यहरुबीच मास्क साटफेर गरेर लगाउने गरेको पनि देखिन्छ । एउटै परिवारका मान्छे त हौं नि,के हुन्छ र ? भन्ने भावनाले यस्तो गल्ती गर्ने गरेको पाइन्छ । जुन नितान्त गलत हो । बुझ्नुपर्ने कुरा के छ भने ६० प्रतिशत कोरोना भाइरस संक्रमितमा कुनै लक्षण देखिदैन । उनीहरु बाहिर सामान्य व्यक्ति जस्तै देखिन्छन् । त्यसैले परिवारकै सदस्य भए पनि मास्क साटफेर गरेर लगाउने बानी तुरुन्त छोड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।