Logo असार ४, २०७८ शुक्रबार


नवलपुरमा तपाईँको मास्क खोई ? अभियान शुरु

खगेन्द्र पराजुली
नवलपुर । कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभरनै मास्क, सेनिटाइजर, सामाजिक दूरी, साबुन पानीको प्रयोग स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड बनेको छ तर यो प्रभावकारी रुपमा प्रयोग र पालना हुन सकेको छैन । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिन नदिन र स्वास्थ्य–सुरक्षा सावधानी कसरी अपनाउने भनेर नवलपुरको देवचुली नगरपालिकामा तपाईँको मास्क खोई ? अभियान थालिएको छ ।

समुदायस्तरमा कोरोना फैलिन थालेपछि यसको नियन्त्रण गर्न भन्दै नवलपुरको देवचुली नगर क्षेत्रमा सचेतना अभियान शुरु भएको छ । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र परिवर्तनका लागी युवा नेपालको सहकार्यमा तपाईँको मास्क खोई ? लेखिएका सचेतना ब्यानर विभिन्न स्थानमा राखिएको छ ।

मास्क नलगाइकन भीडभाडमा प्रवेश गर्दा संक्रमणको जोखिम बढेकाले मास्क, सेनिटाइजर, साबुनपानीको उचित प्रयोग गर्न र अनावश्यक भिडभाडमा नजान, नमस्कारको बानी बसाल्न, सामाजिक दूरी कायम राख्न आग्रह गरिएको ब्यानर नगरपालिका क्षेत्रका बजार, चोकमा टाँगिएको छ ।

प्रगतिनगर खानेपानी संस्थासँगको सहकार्यमा परिवर्तनका लागि युवा नेपालले शुरु गरेको अभियान दिव्यपुरी खानेपानी संस्था र दिव्य युवा उद्यमी संस्था, देवचुली खानेपानी संस्था र नापा वास लगायतले पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…