Logo फाल्गुन २१, २०७७ शुक्रबार


कपिलवस्तुमा कोरोना संक्रमणबाट ६ जनाकाे मृत्यु

विकास बन्जाडे
कपिलवस्तु । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ६ जना पुगेको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का २९ वर्षिय पुरुषको बिहीबार मृत्यु भएसँगै जिल्लामा मृतककाे संख्या ६ पुगेकाे हाे ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा भदौ २२ गते भर्ना भएर उपचारमा रहेका उनकाे मृत्युसँगै  कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

समुदाय स्तरमा कोरना महामारी फैलिएसँगै गत साउन २२ गतेदेखि जिल्लाभर जारी निषेधाज्ञा पछिल्लो समय केही खुकुलो पारिएको छ ।
बिहीबार एकैदिन जिल्लामा ४६ जना कोरना संक्रमित थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या एक हजार दुई सय २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।