Logo आश्विन १५, २०७७ बिहीबार


तपाईँको यो साता (भदौ २८ गतेदेखि असाेज ३ सम्मको राशिफल)

मेष- स्वास्थ्यमा तलमाथि हुन सक्नेछ । पारिवारिक भटघाटको अवसर मिल्नेछ । घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले
काममा बोझ पर्नेछ । जग्गा जमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने मातृवर्गबाट धनको सहयोग मिल्नेछ । विद्यामा प्रगति हुनेछ । सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवम् खेलकुदमा प्रगति हुनेछ ।

वृष- ​दाजुभाइ एवं मित्रजनको सहयोगले नयाँ काममा राहत मिल्नेछ । नयाँ  जिम्मेवारीमा दौडधुप एवम् व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । साताको मध्यमा भने आफन्तसँग झै झमेला एवम स्त्रीपक्षसँग मनमुटाव रहनेछ । अशान्ति एवम् तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवम् व्यवसायमा सन्तोष मिल्नेछ । कला क्षमताको कदर मिल्नाले प्रशंसाको पात्र भइनेछ ।

मिथुन- बाेलीवचनले राम्रो प्रभाव पार्नेछ । धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम् भोज भतेरमा सहभागी भइनेछ । उत्साह एवं जोश जाँगर बढ्नाले काममा प्रगति देखिनेछ । नयाँ ठाउँको भ्रमण एवम् काममा जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने जग्गा जमिनको विवाद एवम पैतृक धनसम्पतिमा किचलो तथा आफ्नैसँग मनमुटाव रहनेछ ।

कर्कट- व्यक्तिगत काममा अलमल हुनेछ । प्रशन्नता एवम् खुसियाली बढनेछ । साथीभाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च
बढ्नाले सञ्चित धन कम हुनेछ । आर्थिक व्यवहारमा भने बढोत्तरी हुनेछ । मीठो बोलीको प्रभावले फाइदा मिल्नेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । सन्ततिको स्वास्थ्यमा भने समस्या एवम् पेटको गडबडी हुुनेछ । साताको अन्त्यमा भने सानो यात्राको तय हुने एवम् नयाँ मित्रसँग पहिचान बढ्नेछ ।

सिंह- यात्रामा झन्झट हुनेछ । सरसामान हराउन सक्ने एवं अनावश्यक खर्चले सताउनेछ । दौडधुपले शारीरिक थकान बढ्नेछ । हृदय सम्बन्धी रोग एवम् पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवम् ठूलाबडाको सहयोग मिल्नेछ । आफन्त जनसँग भेटघाट एवम् मिठो भोजनको सुख मिल्नेछ । नयाँ काममा योजना एवम् धनसम्पतिको कारोबारमा सामान्य सन्तुष्टि मिल्नेछ ।

कन्या- कृषि पशुचौपायाबाट आम्दामी हुनेछ । नयाँ कामको योजना प्रारम्भ हुनेछ । साथीभाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवम् सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । साताको अन्त्यमा भने भ्रमणको योग बन्ने, पारिवारिक भेटघाट रहने एवम् अधुरा काम शुरु हुने देखिन्छ । पारिवारिक खुशीको खबर मिल्नेछ ।

तुला- सरकारी काममा सफलता मिल्नेछ । साथीभाइको साथले व्यवसायमा तनाव कम हुनेछ । सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम् सामाजिक काममा पहिचान मिल्नेछ । साताको मध्यमा भने धन सम्पत्तिको फाइदा मिल्नेछ। महिलावर्ग एवं जीवन साथीबाट आर्थिक सहयोग हुनेछ । भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ । साताको अन्त्यमा भने व्यर्थ परिश्रम हुने एवम् अरुको लागि समय खर्च हुनेछ ।

वृश्चिक- धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक भेटघाट हुनेछ । विदेशबाट आफ्नाले भरथेग गर्नेछन् । भाग्यले साथ दिनाले सोचेको
काममा राम्रो खवबर मिल्नेछ । । शुरु गरेको काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । साताको मध्यमा भने सरकारी क्षेत्रमा पहुँच बढ्ने एवम् ठूलाबडाको साथ मिल्नेछ । शारीरिक चोटपटकको भय एवम् परिवारिमा खटपट हुन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायमा सफलता, काममा प्रगति एवम् साथीभाइको सहयोगले पूरानो काम बन्नेछ ।

धनु- बीचैमा काममा डाहा गर्नेहरुले कार्य बाधा दिनेछन् । स्वास्थ्यमा तलमाथी हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । साताको मध्यमा भने वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम् सामाजिक क्षेत्रमा योगदान रहनेछ । परोपकार, सामुहिक कार्यमा समय व्यतित हुनेछ । यात्रामा सामान्य चोटपटक एवम अनावश्यक खर्च आइपर्ने देखिन्छ । साताको अन्त्यमा भने रोजगारको बाटो खुल्ने एवम् प्रशन्नता बढ्नेछ । ठूलावडाबाट राम्रो आश्वासन आउनेछ ।

मकर- नयाँ व्यवसायमा लगानीको बाटो बन्नेछ । व्यावसायिक व्यस्तता बढ्नेछ । पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुशीयाली बढ्ने एवम् प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले स्थान साझेदारी लगानी साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउनेछ । एवम् अचानक काम रोकिनेछ । पारिवारिक मेलमिलापमा गुप्त शत्रुको भय रहनेछ । साताको अन्त्यमा भने धर्ममा रुचि जाने सामाजिक काममा व्यस्तता बढ्नेछ । ठूलाबडाको साथ मिल्नेछ । राजनीतिक क्षेत्रबाट लाभ एवम् पू रानो काममा प्रगति हुनेछ ।

कुम्भ- घरायसी किनमेलमा खर्च आउनेछ । धनको कुरामा घरायसी विवाद बढ्नेछ । पारिवारिक वादविवादमा तनाव आउनेछ । प्रतिस्पर्धामा
राम्रै योग रहन्छ । स्वास्थ्यमा सुधार आउनाले चिन्ता कम हुनेछ । साताको मध्यमा भने सानो यात्रा हुने एवम् आफन्तजन भेटघाट रहनेछ । पारिवारिक साथ मिल्ने एवम् नयाँ साथी भेट हुनेछ । साताको अन्त्यमा भने काममा अपजस मिल्नेछ । नजिकबाट धोका तथा मनमा अशान्ति बढ्नाले काम अधुरो रहनेछ ।

मीन- शैक्षिक काममा व्यस्तता बढ्नेछ । खाद्यान्न , कृषिबाट आम्दानी अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम् सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवम नयाँ यात्राको योग बन्नेछ । सानो यात्राको जिम्मेवारीले पूरानो काम थाति बस्नेछ । प्रेममा प्रगति मिल्नेछ । मित्रजनको सहयोगले आर्थिक भार कम हुनेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क : ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।