Logo आश्विन १५, २०७७ बिहीबार


अनुवाद कविता : कस्तो होस् घरको वास्तु ?

कस्तो होस् घरको वास्तु ?

घर चाहे जस्तो सुकै होस्
एउटा कुनामा
दिल खोलेर हाँस्ने ठाउँ राख्नु ।

सुर्य जतिसुकै टाढा भए पनि
किरणहरु आउनलाई बाटो खुल्ला छोडदिनु ।

कहिलेकाही छतमा गएर तारा अवश्य गन्नु
सकिन्छ भने चन्द्रमालाई छुने कोसिस गर्नु ।

यदि इष्टमित्र भेट्ने भए
घर नजिकै छिमेकी पक्कै राख्नु ।

वर्षातमा भिज्न दिनु
उफ्रिन-दौडिन पनि दिनु
यदि सकिन्छ भने बालबच्चालाई
कागजको ढुङ्गा खेल्न दिनु ।

फुर्सदको समयमा , आकाश पनि सफा हुँदा
चङ्गालाई आकाशमा चढाउनु
मिल्छ भने सानो चतुर्‍याइँ गरेर चङ्गा लडाएर चैट गरिदेउ।

घरको सामुन्ने वृक्ष अवश्य राख्नु
त्यसमा बसेका पंक्षीहरूको कुरा सुन्नु ।

घर चाहे जस्तो सुकै होस्
एउटा कुनामा
दिल खोलेर हाँस्ने ठाउँ राख्नु ।

मूल कवि : अटल विहारी वाजपेयी
भावानुवाद : जनक कार्की

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।