Logo आश्विन १५, २०७७ बिहीबार


कविता : हारेका मान्छेहरू

-ज्योत्सना
………………………………………………………..
चकमन्न छ बिहानी
न मान्छेको चहल पहल नै छ
न साधनको गाइँगुइँनै सुनिन्छ
कुम्भकर्ण गहिरो निद्रामा निदाए जस्तो
मान्छेहरु सबै लामो बिदामा अन्तै गए जस्तो ।
………………………………………………………………..
चराचुरुङ्गीहरु आकाशमा
आफ्नै धुनमा उडिरहेका छन्
निलो आकाशमा केही बादलहरू
एक अर्कमा डुबुल्कि खेल्दैछन्
केही सेता पछ्यौरि जस्तै फिँजिएका छन्
केही धर्तीमा बर्सिन खोजिरहेका छन्
प्रकृति वातावरण उस्तै छ
तर मान्छेको वस्ती मात्र अस्तव्यस्त छ ।
………………………………………………………..
हावाको बयलिसँगै
पातहरु सुसेली हाल्दै गीत गाउँदैछन्
पवनको तालमा फिरफिर नाच्दैछन्
कुनै तिलपिल तिलपिल गर्दै चम्किदै छन्
पातहरुसँगै फूलहरु पनि
सुवास छर्दैछन्
तर
कता हराए यि मान्छेहरु
लिलिपुटहरुले
गुलिभरलाई बाँधेर राखेका जस्तो ।
फूलसँगै रमाउँदै झुमिरहेछन्
भमराहरु भरभराउँदै
गीत गुनगुनाउँदैछन्
पुतलीहरु एक फूलदेखि अर्को फूलमा
छोई-डुम खेल खेलिरहेका छन्
सबै सबै चिजहरु उस्तै छन् दुरुस्तै छन्
तर मान्छेहरु मात्र किन यति दुरीमा छन्
किन यति अस्तव्यस्त छन्रु
………………………………………………………….
कमिलाका तातीहरु
एक पछि अर्को गर्दै ,
ताती बनाएर
बाजा बजाउँदै हिँडीरहेछन्
कोही खबर ल्याउँदै
नारायण नारायण भन्दै जान्छन्
कोही ठूलो सिकार भेटे झैँ
झ्याईकुटि पार्दै तान्दै लान्छन्
सबै चराचर आ-आफ्ना लयमा छन्
तर मान्छेहरु मात्रै किन हराउदै छन्
अपरिचित छ बस्ती
कुनै अर्को लोकमा
बसाई सरे जस्तै ।
………………………………………
नयाँ बिहानीको स्वागत गर्दै
ढुकुरहरुले
कुरकुर गर्दै, आफ्नो स्वर गुन्जाउन भुलेका छैनन्
परेवाका जोडीले
माकुर कुर गर्दै
माया पिरती गास्न छोडेका छैनन्
भँगेरा र भँगेरीले
भुर्भुराउदै जिस्किन र मस्किन छोडेका छैनन्
कौवाहरु काँ काँ गर्दै
आफ्नो साथीहरुलाई बोलाउँन भुलेका छैनन्
तर
मान्छेहरुलाई के भयो यस्तो
बोल्दैनन् कोही कसैसँग
भेट्दैनन कोही एकअर्कासँग
मानौ अर्को ग्रहको कोही आएको छ
मानौ शत्रुसँग भेट भएजस्तो
हिजो सबैलाइ हराउँदै हिँडेको
मैमत्त मान्छे
आज
शस्त्रहीन अजिव भुसुनासँग
डराइरहेछ
हारिरहेछ ।।।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।