Logo आश्विन १५, २०७७ बिहीबार


गुगलले ल्याउदैछ बच्चा रुँदा आवाज आफैं सानो हुने इयरफोन

काठमाडौं । कानमा इयरफोन लगाएर गीत सुन्नुको मज्जा नै बेग्लै छ । तर ठूलो आवाजमा त्यसरी गीत सुन्दा वरपर के भइरहेको छ थाहा पाउन नसक्ने स्थिति पनि बन्छ । यसले गर्दा कति पटक त काम पनि बिग्रिएको अनुभव धेरैसँग होला । तर अब भने यस्तो हुने छैन ।

किनभने गुगलले अब अटेन्सन अलर्ट फिचर ल्याउने भएको छ । यसमा इयरफोनको सेन्सरको मद्दतबाट पस्थितिको पहिचान गरी मोबाइलको आवाज कम गर्नेछ । जसको कारण वरपर के भैरहेको छ भन्ने बारे थाहा पाउन सकिन्छ । अटेन्सन अलर्ट फिचरले कुकुर भुक्दा वा बच्चा रुदा समेत काम गर्नेछ । तर यसबाट ब्याट्रीको खपत भने सामान्य भन्दा बढी हुने बताइएको छ । गुगलले हाल यो फिचर केही देशहरुमा परीक्षणका रुपमा लञ्च गरिसकेको छ ।

कसरी प्रयोग गर्ने ?

एन्ड्रोइड : १० भन्दा कम पिक्सलको फोनको सेटिङ्गमा गएर कनेक्टेड डिभाइसको विकल्पमा गएर साउन्ड अप्सनमा ट्याप गरेर यो फिचर प्रयोग गर्न सकिन्छ । एक्सपेरीमेन्ट सेक्सनमा गएर यो फिचरलाई अन अथवा अफ गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।