Logo मंसिर १४, २०७७ आइतबार


नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित निको

काठमाडौं । नेपालमा पछिल्लो हप्तादेखि कोरोेना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढेको छ ।

हालसम्म कुल संक्रमितको ७०.६ प्रतिशत निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोेना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये होम आईसोलेसनमा ६ हजार १५३ जना र संस्थागत आईसोलेसनमा ९ हजार १०७ जना छन् । १६० जना संक्रमितको आईसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३५४ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी, सर्लाही, चितवन, ललितपुुर र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'