Logo मंसिर १४, २०७७ आइतबार


काेराेना संक्रमणबाट थप १४ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षीय तथा रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सुनसरीमा ४३ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, पर्सामा ७८ वर्षीया महिला, गोरखामा ४५ वर्षीय पुरुष, स्याङ्जामा ८५ वर्षीय पुरुष र कास्कीमा ५१ वर्षीय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'