Logo माघ १३, २०७७ मंगलबार


सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए, १२ बेपत्ता

सिन्धुपाल्चोक । जिल्लामा फेरि पहिरोको विपत्ति आएको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर गरि १८ घर पहिरोमा पुरिएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिनसमेत कठिन रहेको स्थानियको भनाइ छ । बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नागपुजेमा बढी क्षति पुगेको कति भन्ने थाहा नभएको बताउनुभयो । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको ढकालले जानकारी दिनुभयो ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले कम्तिमा १२  बेपत्ता भएको हुनसक्ने बताउनुभयो । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएपछि पहिरो गएको उहाँको भनाइ छ ।

जिल्लामा गत साउन ३० गतेदेखि पटकपटक बाढीपहिरो आउँदा ठूलो मानवीय क्षति हुँदै आएको छ । यससँगै घटनाबारे स्थलगत अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे नगरपालिका ७ घुम्थाङ जान लाग्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।