Logo आश्विन १५, २०७७ बिहीबार


होटल साहुनीद्धारा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

दाङ । गएराति जिल्ला प्रहरी कार्यालय दाङ अगाडि होटल साहुनीद्धारा प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । होटलमा प्रहरी हवल्दार र होटल साहुनीबीच विवाद भएपछि साहुनीले चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी हुन् । प्रहरी हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे । चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।