Logo बैशाख २, २०७८ बिहीबार


गाउँका तरकारीले बजार पाएनन् : किसान मर्कामा

बाँके । गाउँमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । तरकारीले बजार नपाउँदा बाँकेका किसान मारमा परेका छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा किसान खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य छन् । कोहलपुरका किसान लक्ष्य खड्का भन्नुहुन्छ, ‘कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपालिका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउँदा लगानि पनि उठाउन सकिने अवस्था छैन ।’

अहिले वसन्ते तरकारी उत्पादनको समय हो । यस सिजनमा बाँकेमा एक हजार सात सय ५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटक पटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।

नेपालगञ्ज आसपासको तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द हुँदा समस्या भएको छ । निषेधाज्ञामा किसानसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँग पहल भइरहेको प्रमुख ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।