Logo आश्विन २, २०७७ शुक्रबार


पर्यटनमन्त्री भट्टराईको प्रस्तावले नेपाली चलचित्र क्षेत्र उत्साहित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको एउटा प्रस्तावले नेपाली चलचित्र क्षेत्र उत्साहित बनेको छ ।

मन्त्री भट्टराईले आन्तरिक पर्यटनलाई प्रोमोट गर्न सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषमा लैजान लागेको सार्वजनिक भएपछि नेपाली चलचित्र क्षेत्रले स्वागत गरेका छन् ।

मन्त्री भट्टराईको यो प्रस्तावको वारेमा समाचार बाहिरिए लगतै शुन्य अवस्थामा रहेको चलचित्र क्षेत्रले स्वागतयोग्य प्रस्ताव भन्दै आफूहरुले पूर्ण समर्थन रहने बताएका छन् । यसले चलचित्र क्षेत्रमा सकरात्मक वातावरण बन्ने उनीहरुको भनाइ छ ।

सातामा एक दिनमात्र विदा हुदाँ दर्शकहरुले पर्याप्त मात्रामा ईच्छा अनुसार चलचित्र हेर्न नपाएको गुनासो पहिले देखिनै रहँदै आएको छ । चलचित्र क्षेत्रले त पहिलेदेखिनै सातामा दुई दिन विदा दिइनुपर्ने माग राख्दै आएको छ । मन्त्री भट्टराईको प्रस्ताव सबै नेपालीहरुका लागि र समृद्ध नेपाल निर्माणका लागि उपयुक्त किसिमको भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको भनाइ छ ।

सातामा दुई दिन विदा हुदाँ पर्यटन क्षेत्र र चलचित्र क्षेत्रलाई मात्र नभई हरेक क्षेत्रलाई फाईदा हुने उहाँ बताउनुहुन्छ ।

मन्त्री भट्टराईको यस्तो प्रस्तावमा चलचित्र बिकास बोर्डलगायत नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघले स्वागत गर्दै समर्थन जनाएको छ ।

चलचित्र निर्देशक दीपेन्द्र के खनालले साताको दुई दिन विदाले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभएको छ । उहाँले ढिलो चाँडो यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि साताको दुई दिन विदा अति आवश्यक रहेको बताउनुभएको छ । एक दिन विदाले घरायशी काम सकाएर घुम्न, मनोरञ्जन लिन र चलचित्र हेर्न समेत नभ्याईने उहाँको तर्क छ । हरेक देशमा प्राय दुई दिन विदा छ, हाम्रोमा मात्रै एक दिन विदा छ । सरकारले समृद्ध नेपाल निर्माणका लागि पनि सातामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने दीपकराज बताउनुहुन्छ ।

पर्यटन क्षेत्रका विभिन्न पक्षसँग आन्तरिक सल्लाह पछि मन्त्री भट्टराईले साताको दुई दिन (शुक्रवार र शनिवार) विदा दिन सके पर्यटन क्षेत्रलाई फाईदा हुने निष्कर्षसहित मन्त्रिपरिषदमा दुई दिन विदाको प्रस्ताव लैजान लागेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।