Logo माघ १२, २०७७ सोमबार


उत्पादित कृषिजन्य सामाग्री गाउँपालिकाले खरिद गर्ने

हुमाकान्त पोखरेल
गुल्मी । धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको खरिद गरेर बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशिलता बुटबलबीच सहमति भएपछि किसानको उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।

गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरेको छ । महिला समूहबाट निर्मित मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको तितौरा तीन सय ८० रुपैयाँ प्रतिकेजिमा गाउँपालिकाले खरिद गरिदिने भएको छ ।

त्यस्तै मुलाको सिन्कि (गुन्द्रुक) प्रतिकेजि चार सय, मुलाको सुकाएको चाना प्रतिकेजि ६०, बेसारको सुकाएको चाना प्रतिकेजि दुई सय ८५, कोदो प्रतिकेजि ३७ रुपैयाँमा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ । त्यसैगरी सोस्ता वा बोडी प्रतिकेजि एक सय ५०, ग्रेडिङ गरेको मकै प्रतिकेजि ४०, खैरो भट्ट र सेतो भट्टको लागि प्रति केजि ७०/७० तथा खैरो गहतको लागि प्रतिकेजि ९० रुपैयाँ गाउँपालिकाले
मूल्य तोकेको छ ।

संकलन गरिएका सामग्रीहरु सम्झौता गरेको संस्थाले बुटबल लैजाने सहमती भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिनुभयो । गाउँपालिकाको यस्तो निर्णयले गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका स्थानीय सामग्रीको बिक्रीमार्फत किसानले आम्दानी लिने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…