Logo आश्विन २, २०७७ शुक्रबार


नेपालमा कोरोनापछि लाखौं बेरोजगार थपिदै, सरकारी तयारी शून्य

दृश्य १

केही दिन अघि कोरोना भाइरसको महामारी चलिरहेको बेला सुदूरपश्चिमका दर्जनौं मान्छे भारतको सीमा क्षेत्र पार गर्न लाइन बसेको तस्बिर पत्रपत्रिकामा छापिएको थियो । भारत जान हिडेका ती नेपाली युवाहरुको भनाइ थियो–लकडाउनले भोकै पर्ने स्थिति भयो । त्यसैले कामको खोजीमा भारत फर्कन लागेका हौं । यहाँ भोकै मर्नुभन्दा बरु काम गरेर उता भारतमै मरौंला ।

दृश्य २

धनुषाको तारापट्टी सिरसियामा अवस्थित इँटा उद्योग लगभग बन्द छ । यो इँटा उद्योगका सञ्चालक हुन् उमेशप्रसाद सिंह । लकडाउन अघिसम्म झण्डै ४ सय जना मजदुरहरु सिंहका दुईवटा इँटा उद्योगमा काम गर्थे । जसमध्ये अधिकांश मजदुर भारतीय थिए । चैत ११ मा लकडाउन शुरु भएपछि भारत फर्केका उनीहरु अझै काममा नआउँदा इँटा उद्योग लगभग बन्द भएको हो । हुन त सिंहको उद्योगमा झण्डै ३ सय जना नेपाली मजुदर पनि थिए । तर उनीहरु पनि अहिलेसम्म काममा फर्किएका छैनन् ।

माथिका दुईवटा परिदृश्यहरु आफैं विरोधाभासपूर्ण छ । एकातिर सुदूरपश्चिमका युवाहरु स्वदेशमा रोजगारी नपाएको भन्दै कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै हुल बाँधेर छिमेकी मुलुक भारतमा जाँदैछन् । अर्कोतिर नेपालभित्रै सञ्चालित उद्योगहरु भने कोरोनाका कारण घर गएका श्रमिक र कर्मचारी कहिले फर्केलान् र काम पुनः शुरु गर्ने दिनको पर्खाइमा छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष समेत रहनुभएका सिंह भन्छन्–म आफ्ना मजदुरहरु फर्कने दिनको पर्खाइमा छु । उनका अनुसार नेपाली मजदुरहरु इँटा उद्योगमा काम गर्नै चाहदैनन् ।

यसको अर्थ के हो भने मुलुकमा एकातिर बेरोजगारको संख्या बढ्दो छ भने अर्कोतिर कामको वर्गीकरण गर्ने प्रवृत्ति पनि बढेको छ । विदेशमा जाँदा जस्तोसुकै काम गर्न पछि नपर्ने नेपालीहरु नेपाल फर्केपछि भने कामको वर्गीकरण गर्न थाल्नु बेरोजगार बढ्नुको मुख्य कारण देखिन्छ । सरकारले पनि कामप्रतिको सम्मान बढाउने प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन सकिरहेको छैन । त्यसो त सरकारले विदेशी कामदारलाई कडाइ गरी नेपाली कामदारलाई काम पाउने वातावरण बनाउने नीति बनाएको छ । तर कामदारमा रहेको ठूलो र सानो काम भन्ने सोच चिर्न भने अझै सकेको छैन ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे पनि यसमा सहमत हुनुहुन्छ । सरकारले नेपालीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने नीति त बनायो तर त्यसलाई कार्यान्वयन गर्ने रणनीति भने अझै बनाउन सकेको छैन ।

विश्व श्रम संगठन आइएलओको प्रतिवेदन अनुसार कोरोना महामारीका कारण विश्वका विभिन्न मुलुकमा कार्यरत १६ लाखदेखि २० लाख नेपालीको रोजगारी जोखिममा परेको छ । अर्थात यति ठूलो संख्यामा नेपाली रोजगारी गुमाएर नेपाल फर्कने अवस्था छ । त्यसैले नेपालमा बेरोजगारीको अवस्था अझ क्रिटिकल हुने देखिन्छ ।

नेपालमा बेरोजगारीको संख्या बढ्नुमा दक्ष र अर्धदक्ष जनशक्तिको अभाव अर्को मूख्य कारण हो । त्यसैले ठूला उद्योगहरुमा भारतीय मजदुरको संख्या बढी छ । यो नेपाली श्रमिकहरुलाई सरकारले गुणस्तरीय प्रशिक्षण दिन नसक्नुको परिणाम भएको बताउनुहुन्छ राष्ट्रिय योजना आयोगकका पूर्व उपाध्यक्ष शंकर शर्मा । त्यसैले अब ढिलाइ नगरि यसतर्फ सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।अब कामदारहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तालिम र प्रशिक्षण दिने नीतिसँगै आधिकारिक निकायको टुङ्गो लगाउनुपर्ने आवश्यकता छ ।

नेपाल भित्र रोजगारीको ठूलो अवसर रहेको निर्माण क्षेत्रमा पनि विदेशी कामदारकै वाहुल्यता रहेको छ । निर्माण क्षेत्रमा भारत, बंगलादेशी र चिनियाँ कामदारको प्रभाव बढी छ । ठेकेदारहरुको रोजाइमा पनि नेपालीभन्दा भारतीय कामदार नै पर्ने गरेका छन् । यसो हुनुको कारण नेपालीभन्दा सस्तो ज्यालामा भारतीय दक्ष जनशक्ति पाउनु रहेको बताउनुहुन्छ– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । उहाँका अनुसार निर्माण क्षेत्रमा वार्षिक १५ लाख कामदार आवश्यक पर्नेमा झण्डै एक तिहाइ कामदार विदेशी रहने गरेका छन् ।

त्यसैले कोरोनापछि सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अब विदेशी कामदारलाई थप कडाइ गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुहुन्छ योजना आयोगका पूर्व उपाध्यक्ष शर्मा । विदेशी कामदार लिन चाहने रोजगारदाताले निश्चित अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेर पनि यो समस्यालाई सम्बोधन गर्न सकिने उहाँ बताउनुहुन्छ ।

बेरोजगारीको संख्या घटाउन देशभित्र रोजगारीको वातावरण बनाइदिनु पनि सरकारको दायित्व हो । त्यसैले सरकारले छरिएका साना पूँजीहरुलाई समेत लगानीमा एकीकृत गर्ने योजना ल्याउनुपर्छ । यसका लागि आवश्यक प्रशिक्षण, जनशक्तिको व्यवस्थापन मात्र होइन सहुलियतपूर्ण ऋण र बजारको समेत सुनिश्चित हुने वातावरण बनाउनुपर्छ । अहिलेको अवस्थामा विदेशबाट ठूलो संख्यामा स्वदेश फर्किएका नेपालीलाई स्वदेशमै लगानी र श्रम गर्न प्रोत्साहित गर्ने नीति र वातावरणसरकारले समयमै बनाइदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।