Logo कार्तिक ५, २०७७ बुधबार


राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहकार्यकाे सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंक र नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झाैता भएकाे हाे ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्याउने बताउनुभयो ।

नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नका लागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।