Logo आश्विन १५, २०७७ बिहीबार


झाडि फाँडेर टनेलमा तरकारी उत्पादन गर्दै पर्वतका केशव

राजन पौडेल
पर्वत । कुश्मा नगरपालिका–९कटुवा चौपारी ज्ञादीका एक किसानले वनमारालगायत विभिन्न किसिमका अनावश्यक झारपाल फाँडेर तरकारी उत्पादन गरिरहेका छन् । ‘काम गरे माम नगरे सुक्काराम’ भन्ने भनाइलाई पछ्याउँदै कृषक केशव शर्मा पौडेलले करिब ६ रोपनी जग्गामा तरकारी फलाएका हुन् ।

आफ्नै घर वरिपरीको झाडिका बीचमा करिब ६ रोपनी बारीमा उनले प्लास्टिकका टनेल हालेर तरकारी फलाएका छन् । टनेलमा गोलभेंडा र छेउछाउमा सिमी बोडीलगायत सिजन अनुसारका तरकारी फलेका छन् । सिजनमा उत्पादन हुने तरकारी मात्र होइन केही टनेलमा बेसिजनका तरकारीहरु पनि मनै लोभ्याउने गरि फलाएका छन् ।

आठ वर्ष अघिबाट घर वरपरको झाडी फाँडेर उनले तरकारी लगाउन शुरु गरेका थिए । सुविधा खोज्दै केही वर्ष उनी विभिन्न पेसाको लागि देशका अनेकन ठाउमा पुगे तर कतै मनमा सन्तुष्टि नमिले पछि ‘जहाँ गए पनि दुःख सँगै जानेरहेछ,’ उनले भने, ‘घरै फर्किन्छु भन्ने लाग्यो । स्नातक तहको पढाई सकेर मास्टर पढ्ने सोच बनाएका शर्माले घरको अवस्थाले गर्दा उनी पैसा कमाउने उद्देश्यका साथ शिक्षक पेसादेखि विभिन्न पेसामा आवद्ध हुन पुगे । तर जस्तो कमाई भएपनि मनमा सन्तुष्टि कतै नपाएपछि अन्तत उनी घरमा रहेको बारी सम्झीन पुगे र यहाँ गर्ने दुःख आफ्नै बारिमा गर्ने उद्देश्यका साथ उनी घरमा पुगे ।

दुई वटा दाजुभाइ भएका बताउने शर्मा आफू कान्छो रहेको बताउँछन् । दाइको परिवार छुट्टै रहेको आफूसँग बाबा आमा श्रीमती र एउटा छोरा रहेका शर्मालाई झाडि फाँडेर र बाँकी जग्गा सम्याउनेदेखि सिचाँइको लागि पानीको प्रवन्ध गर्न करिब ६ महिना लागेको थियो । बिहे गरेको ऋणसँगै घर बनाउँदा लागेको खर्चले उनलाई साह्रै सताएको र उनी विभिन्न ठाउँमा भौतारिएको कथा सुनाउँछन् । विभिन्न पेशामा लागेपनि भने जस्तो कमाई हुन नसकेपछि उनलाई ऋण कसरी तिर्ने भन्ने समस्याका बावजुत पनि उनी एकाग्र भएर कृषिमा हात हालेको बताउँछन् ।

कामका बीचमा विभिन्न समस्याबाट उनी कहिल्लै विचलित भएनन् । २०६९ सालमा गाउँ फर्केका उनले झाडिले घेरेको जमिन व्यवस्थित गरे । ‘झाडी फाँडें, भिराला सुर्का सम्याएँ, टनेल हालेर गोलभेँडा लगाएँ,’ उनले भने, ‘३ वटा टनेलको गोलभेँडा र सिजनको तरकारीले एकै सिजनमा साढे चार लाखको व्यापार गरेँ ।’ तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा माटो जँचाएर गोलभेँडा लगाएकाले उनलाई रामै्र आम्दानी भयो । रोग कीराको समस्या देखिएन । तर पनि उनी भन्छन्, ‘दुःख लाग्छ हामी जस्तो युवा विदेशको सपनालाई बिर्सिएर देशमा नै केही गरौँ भन्ने मनसायमा बसेकाहरुलाई राज्यले कुनै नजर नै नलगाउदा’। उनी थप्छन्, ‘ राज्यले विभिन्न राहातको कार्यक्रम ल्याएर अनुदान पाउनकै लागि कृषक हुनेहरुलाई अनुदान दिनुको सट्टा पहुँच र बल नभएका हामी जस्ता किसानलाई बजारको व्यवस्थापन गरिदिए राम्रो हुने थियो ।’ पहिलो पटकमै राम्रो आम्दानी भएपछि अर्को वर्ष दुईवटा टनेल थपेर गोलभेँडादेखि विभिन्न सिजनेवल तरकारी नै लगाए ।

त्यो वर्ष ५ लाख रुपैयाँ बचाएको उनले बताए । ‘तिन वर्षमा बिहेको ऋणदेखि यावत सम्पूर्ण लिएको ऋण तिरेँ’ उनले भने, ‘अहिले ६ रोपनीमा ६ वटा प्लास्टिक टनेलभित्र गोलभेँडादेखि बेसिजनका विभिन्न तरकारी नै लगाएको छु ।’ ऋणमा डुबेको आफूलाई तरकारीले उद्धार गरेको उनको भनाइ छ । अहिले बजारमा गोलभेडा प्रतिकिलो १३० रुपैयाँका दरले बिक्री हुन्छ । उनी दुखि हुँदै भन्छन्, ‘अहिले यो विश्वमा देखिएको कोरोना भाइरसले गर्दा हामी जस्तै किसानले उत्पाद गरेका तरकारीहरु बजारमा सहज रुपमा पर्याउन नसक्दा केही मात्रामा तरकारी बारीमा नै कुहिन पुगेको छ ।’ टनेलका छेउछाउमा उनले काँक्रो, बोडी, सिमी र करेलालगायतका तरकारी पनि लगाएका छन् । यसरी आफ्नै देशको माटोमा सुन फलाउन लागिपरेका युवाहरुलाई राज्यले प्रोत्साहन गर्ने हो भने दैनिक सयौँको संख्यामा रोजगारकै लागि विदेशीने युवाहरुको संख्या कम हुने थियो कि !

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।