Logo कार्तिक १५, २०७७ शनिबार


आर्थिक समृद्धिका लागि चियाकफी क्षेत्रकाे विकास गरिने

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिया कफी क्षेत्र विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पुर्याउने समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको हो ।

देशको हावापानी सुहाउँदा चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकासका लागि अनुसन्धान गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहनसक्ने नेपाली चिया कफीको नयाँ जात उन्मोचनका लागि अनुसन्धान गर्ने विषय समझदारीपत्रमा उल्लेख छ्न् । यस्तै चिया तथा कफी विकासमा देखा परेका र भविष्यमा देखा पर्न सक्ने रोग, उत्पादन र उत्पादकत्व लगायत समस्या समाधानका लागि अधययन गर्ने, चिया तथा कफी विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका लागि उपलब्धी, विधि र प्रविधिको विकास, नवप्रवर्तन जैविक, आनुवंशिक भौतिक रसायनिक भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने र प्रकाशन गर्ने विषयमा पनि समझदारी भएको छ ।

यस्तै जलवायु परिवर्तनले नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने समस्या र त्यसको न्यूनकिरणक लागि अध्यय गर्ने, अध्ययन, अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादन तथा उच्च शिक्षा नवप्रवर्तन र क्षमता विकासका कार्यक्रलाई उपयोगी, प्रयोगात्मक बनाउन सहकार्य गर्ने विषयमा समझादारी भएको हो ।

बार्डका तर्फबाट कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई र परिषदका तर्फबाट कार्यकारी निर्देशक डा. दिपक भण्डारीले हस्ताक्षर गर्नुभएको सम्झौतामा दुबै पक्षले आफ्नो वार्षिक कार्यक्रममार्फत बजेटको व्यवस्थापन गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।