Logo मंसिर १४, २०७७ आइतबार


सुदूरपश्चिममा एकैदिन ७६ कोरोना संक्रमित थपिए

भीम चाैधरी
धनगढी । कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ६९ सहित सुदूरपश्चिमका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४५ जनाको परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाका तर ठेगाना नखुलेका ३१ जना, वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का चार/चार जना, वडा नम्बर ४ का तीन जना र वडा नम्बर ५, ७ र १२ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर २ का दुई जना, बेलौरी नगरपालिका वडा नम्बर २ का एक जना, डडेल्धुराको परशुराम नगरपालिकाका एक जनामा कोरोना संक्रमण भेटिएको श्रेष्ठले बताए ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८३ जनाको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।

त्यस्तै, डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ९६ जनाको परीक्षण एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख इश्वरी प्रशाद भूषालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ५ का एक जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको कुल संख्या ६ हजार तीन सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'