लमही–घोराही सडकखण्डमा सुख्खा पहिराे

फाइल तस्बिर
दाङ । लमही–घोराही सडकखण्ड अन्तर्गत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर र बेल्दमार गाउँको बीचमा सुख्खा पहिरो जाँदा सडकमा क्षति पुगेको छ ।
सडकको आधा भाग पहिरोले भत्किँदा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सडकमा पहिरोले क्षति पुगेपछि स्थलगत अनुगमनको लागि ट्राफिक प्रहरी प्रमुख रेग्मीसहित, सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विश्वकर्मा, सुपरभाइजर सुरेश थापा सहितको टोली गएको थियो ।
सडक मर्मत गरेर आवागमन सुचारु भएको छ । भत्किएको स्थानमा पर्खाल लगाइने भएको छ ।