दुई ट्रक एकापसमा ठोक्किँदा ४ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । चितवनको इच्छाकामनामा दुई ट्रक एकापसमा ठोक्किदाँ चार जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढ तर्फ जादैँ गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट गईरहेको ना४ख ८०११ नम्बरको ट्रक नारायणगढ मुग्लिन सडक खण्ड अन्र्तगत खहरेखोलामा आज विहान एकापसमा ठोक्किँदा ४ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) सुर्य बहादुर थापाले जानकारी दिनुभयो। दुर्घटनाका कारण अहिले बाटो पुर्ण रुपमा बन्द रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।