Logo फाल्गुन १६, २०७७ आइतबार


कोरोनाबाट कपिलवस्तुमा थप २ को मृत्यु

विकास बन्जाडे
कपिलवस्तु । कोरोना भाइरसको संक्रमणका कारण जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । मृतकहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार भइरहेको थियो । भीम अस्पतालमा उपचाररत व्यक्ति ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी ४७ वर्षीया महिला हुन् । भीम अस्पतालमा उपचार गराइरहेका पुरुषमा दमको समस्या थियो । उनको आइतबार राति १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै महिलाको उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा.सुदर्शन थापाले जानकारी दिनुभयो । समुदायस्तरमा कोरना महामारी फैलिएसँगै गत साउन २२ गतेदेखि कपिलवस्तुमा जारी निषेधाज्ञा पछिल्लो समय केही खुकुलो पारिएको छ । जिल्लामा संक्रमितको संख्या १३ सयको हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…