Logo आश्विन २, २०७७ शुक्रबार


बालगीत

रचना : राजेन्द्र भक्त जोशी

साना साना नानी छु म कोमल मेरो हात
पाएको छु सबैको म धेरै धेरै साथ
साथीभाइ मिलिजुलि पढ्न लेख्न बस्छु
कापी कलम लिएर म सधैँ स्कूल जान्छु
साना साना…

माया अनि आशिषले आँखाको म नानी
राम्रा राम्रा सिक्न खोज्ने राम्रै मेरो बानी
बगौँचाको बासनाको म फूल सुवास
कोपिला हुँ आज म त भोलिको म फूल
साना साना…

आदर गर्छु ठूलालाई सानालाई माया
प्यारो प्यारो धेरै प्यारो म सबैको छाया
खानेकुरा राम्रो खान्छु स्वस्थ मेरो तन
ममता छ मन भरी स्वच्छ मेरो मन
साना साना…

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।