Logo आश्विन १५, २०७७ बिहीबार


इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा पहिलो खेलमा चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको ब्राइटनका लागि ५४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए । कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जीत दिलाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।