Logo आश्विन २, २०७७ शुक्रबार


नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

फाइल : तस्वीर

वीरगञ्ज । बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार साँझ नारायणी अस्पतालमा वीरगञ्जमा मृत्यु भएको हो ।

उनलाई सोमबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

केहीबेरमै जनकपुरधाम आइपुग्ने रेल भारतीय प्रतिनिधिद्वारा नेपाली पक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेकाे बताइएको छ ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।